धनगढीका सडक सरसफाइ गर्न ब्रुमर खरिद

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले ब्रुमर खरिद गरेको छ । धनगढी क्षेत्रका सडकको फोहोर सरसफाइ गर्न ब्रुमर खरिद गरिएको हो ।

Dadeldhura hospital

शनिवार देखि धनगढी उपमहानगरपालिकाले ब्रुमरको प्रयोगबाट सडक सरसफाइ गर्न थालेको छ । उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुमर खरिद गरेको बताएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको सडक सफा गर्न ब्रुमर खरिद गर्ने बताएका थिए । चालु आर्थिक वर्षको बजेटबाट उपमहानगरपालिकाले ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो ।

Loading...