गण्डकी प्रदेश प्रमुख भट्टसँग कैलाली बहुमुखी क्याम्पसको टोलीको भेट

पोखरा- गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टसँग कैलाली बहुमुखी क्याम्पस, धनगढीबाट आएका प्रशासकीय कर्मचारीहरूको टोलीले भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपालका क्यूएए सर्टिफाइड क्याम्पसहरुको अवलोकन भ्रमण गर्ने सिलसिलामा पोखरा आएको टोलीले यहाँ पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पसका साथै लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, बालकुमारी क्याम्पस चितवनको भ्रमण गरेको सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जानकारी गराउनुभयो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

टोलीमा सहायक क्याम्पस प्रमुख बिष्टसँगै प्रशासन प्रमुख डिलबहादुर धामी, लेखा अधिकृत बालकृष्ण जोशी, पुस्तकालय अधिकृत टोपराज ढुंगाना, नासु सुरत बोगटी, प्रशासन सहायक तेजेन्द्रबहादुर शाहु, लेखा सहायक तीर्थ रावल र परीक्षा सहायक पुष्पराज उपाध्याय सहभागी हुनुहुन्थ्यो ।

प्रदेश प्रमुख भट्टले शिक्षक बनेर पनि एक कालखण्डमा योगदान दिएको स्मरण गर्दै सुदूर पश्चिमको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको सहभागीहरूले बताउनु भयो ।

आज सुदूरका अभिभावकलाई गण्डकीको प्रमुखका रुपमा पाउँदा सारा सुदूरबासी हर्षले गद्गद् बनेको उहाँहरूको भनाई थियो । प्रदेश प्रमुख भट्टले टोलीको भ्रमण फलदायी बनोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।

Loading...