भाटभटेनी सुपरमार्केटका संचालक गुरुङले गरे धनगढीलाई ५ लाख २५ हजार सहयोग

धनगढी- भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले ‘धनगढी नगर प्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका छन् ।

Dadeldhura hospital

विपन्न परिवारका बालबालिकाहरूको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भन्दै गुरुङले ५ लाख २५ हजार रुपैयाँ ‘धनगढी नगर प्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

गुरुङले ‘धनगढी नगर प्रमुख शैक्षिक सुधार कोष’ मा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १ सय जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सहयोग गरेको उपमहानगरपालिकाले जनाएको छ ।

Loading...