बर्खा नजिकिए पनि सुदूरपश्चिममा बन्न सकेन मनसुन जन्य विपत् प्रतिकार्य योजना

धनगढी- मनसुन नजिकिए पनि यस वर्षका लागि सुदूरपश्चिम प्रदेशको मनसुन जन्य विपत् प्रतिकार्य योजना बन्न सकेको छैन । विपतपूर्व आवश्यक तयारी तथा विपतका बेला खोज उद्धार गर्न र विपतपछि प्रभावितको व्यवस्थापनका लागि हरेक वर्ष मनसुनजन्य विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ ।

Dadeldhura hospital

मनसुन लाग्न अब एक साता बाँकी रहँदासम्म अझै विपत् प्रतिकार्य योजना तयार भइनसकेको प्रदेश सरकारले जनाएको छ । विभिन्न मन्त्रालयले बेलैमा विपत सम्बन्धी तथ्याङ्क उपलब्ध नगराएका कारण प्रतिकार्य योजना बनाउन नसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले बताए ।

Navadurga sun
Godawari sandesh

उनले भने, “हामी अहिले पनि यसैको तयारीमा लागेका छौँ । अपडेट गर्ने कार्य भइरहेको छ तर विपत् प्रतिकार्य योजना अझै बनिसकेको छैन ।मन्त्रालयहरूमा ताकिता गर्दा पनि बेलैमा डाटा उपलब्ध भएको छैन ।” गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार यस प्रदेशमा मनसुनजन्य विपतबाट ५ हजार ५ सय घरपरिवार प्रभावित हुने छन् ।

त्यसैगरी करिब १ हजार ५ सय घरपरिवार विस्थापित हुने प्रक्षेपण गरिएको छ । यो प्रदेशको कैलाली तथा कञ्चनपुरमा बाढी तथा पहाडमा पहिरोका कारण सर्वसाधारण विस्थापित हुने गरेका छन् ।

Loading...