आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दो

धनगढी- पछिल्लो समय आयुर्वेदिक पद्धतिबाट पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया गर्नेको संख्या बढ्दै छ । धनगढी राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट सो सेवा लिने बढ्दै छन् । चिकित्सालयले छारसुत्र सेवा शुरु गरे सँगै शल्यक्रियाका लागी आउनेको संख्या बढ्दो छ ।

चिकित्सालयका आयुर्वेद चिकित्सक डा. मोहन जोशीले बैशाख सम्म मात्रै ४० जनाले छारसुत्र सेवा लिएको बताए । बैशाख अन्तिम सम्म १५ जना महिला र २५ जना पुरुषले छारसुत्र सेवा लिएको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बैशाख सम्म ४० जनाले सेवा लिनुभएको थियो यो महिना आजसम्म १४ जनाले सेवा लिनुभएको छ उनले भने “यो महिना सेवाग्राही बढेका छन्, १२ जनाको पायल्स र २ जनाको फिसरको शल्यक्रिया भएको छ, यही महिना ६/७ जनाको छारसुत्र विधिबाट शल्यक्रिया हुन्छ सायद, हामीले पायल्स, फिस्टुला मलद्वारजन्य सर्जरी लगायत छारसुत्र सेवा दिइरहेका छौँ ।” पछिल्लो समय आयुर्वेद सम्बन्धी जानकारी बढ्दै जादाँ सेवाग्राही पनि बढ्दै छन् उनले भने “चिकित्सालयमा ३ हजार ५ सय देखी ६ हजार भित्र पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया हुन्छ, यो सम्बन्धी थाहा नभएर एलोपेथिक तर्फनै बिरामी जानुहुन्छ आयुर्वेद सम्बन्धी जानकारी भएका बिरामी यतै आउनुहुन्छ ।”

पछिल्लो समय सेवा बिस्तार गर्ने क्रम जारी रहेको चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले बताए । हामीले छारसुत्र सेवा शुरु गरेका छौँ अहिले चिकित्सालयले २४ घण्टा सेवा दिइरहेको छ उनले भने “हामीसँग विशेषज्ञ चिकित्सक हुनुहुन्थेन, केन्द्रमा निकै पहल गरेर १० औँ तहको बालरोग विशेषज्ञ चिकित्सकलाई चिकित्सालयको नेतृत्वमा ल्याएका छौँ, यति मात्रै होइन हामीले प्रशासनिक सुधार सँगै समग्र चिकित्सालयको विकासमा ध्यान दिएका छौँ, अहिले ७ प्रकारको औषधी हामी आफै उत्पादन गरिरहेका छौँ, त्यसले पनि आर्थिक भार कम भएको छ ।”

हामी सँग अन्य विशेषज्ञ चिकित्सक हुनुहुन्न त्यही भएर काठमाण्डौँ तथा लुम्बिनीबाट बिषेशज्ञ चिकित्सक बोलाएर चिकित्सालयका स्वास्थ्यकर्मी हरूलाई ३ दिने तालिम दिएका छौँ उनले भने “यो तालिमबाट छारसुत्र सेवा प्रभावकारी बन्नुका साथै स्नेह स्वदेन शिरोधारा, पञ्चकर्म वस्तिकर्म, वमन, विरचेन, नस्य, स्वर्ण प्राशन, होमियोप्याथी, आइपीडि (अन्तरङ्ग) सेवा पनि प्रभावकारी बन्ने छन्, चिकित्सालय अब एउटा गतिमा जाँदै छ, सरकारले यसमा आवश्यक बजेट उपलब्ध गराउनुपर्छ, सहज र सुलभ स्वास्थ्य सेवा आयुर्वेद नै हो, अब सबैको आकर्षण आयुर्वेद हुने छ ।”

चिकित्सालयबाट ४९ हजार बढीले सेवा लिएका छन् । स्थापना भएको डेढ वर्षको समयमा महिला २८ हजार ३२९ र पुरुष २१ हजार ४७ गरी ४९ हजार ३७६ जना बिरामीले सेवा लिएको चिकित्सालयले जनाएको छ । जम्मा सेवाग्राही मध्ये १८ हजार ५५४ जनाले पञ्चकर्म, दुई हजार २६ जनाले योग, १३ हजार सात जनाले ज्येष्ठ नागरिक सेवा र एक हजार ५०१ जना महिलाले स्तनपायी सेवा लिएका छन् ।

Loading...