परशुराम धाममा साहित्य महोत्सव हुने

डडेल्धुरा–डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्रकाे प्रशिद्ध धार्मिक स्थल परशुराम धाममा यहि जेठ १० र ११ गते साहित्य महोत्सव हुने भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको तटमा रहेको धार्मिक आस्थाको केन्द्र परशुरामधाममा परशुराम नगरपालिकाको आयोजना तथा रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा साहित्य महोत्सव आयोजनाका लागि भब्य तयारी भइरहेको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले बताए ।

Navadurga sun

साहित्य अनुरागीहरुको सम्मेलन, साहित्य रचना प्रस्तुतिकरण, अन्तरपालिका अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयर र वडा अध्यक्षहरुलाई साहित्य महोत्सवमा आमन्त्रण गरिएको परशुराम नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान, पहिरन, कला, भेषभुषा, साहित्य रचना झल्काउने र परशुराम तिर्थको महत्वका बारेमा प्रचार–प्रसार गर्ने उदेश्यले साहित्य महोत्सव आयोजना गरिएको साहित्यकार कैलास कुमार पाण्डेयले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय साहित्य अनुरागि, कवि, रचनाकार, कथाकार र साहित्य साधकहरुको सहभागिता हुने उनले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...