गौरीशंकर आधारभूत विद्यालयको शिक्षक अभिभावक संघको संयोजकमा खत्री चयन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १२ को गौरीशंकर आधारभूत विद्यालय चौकी–हलौडेको शिक्षक अभिभावक संघको संयोजकमा दिपक खत्री चयन भएका छन ।

Dadeldhura hospital

आफूलाई संयोजक जस्तो गरिमामय पदमा चयन गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन भने यस विद्यालयको शैक्षिक गतिविधिलाई अगाडि बढाई अध्ययनरत विद्यार्थीको उज्जल भविष्यका लागि आफू लागि रहने बताएका छन ।

Navadurga sun
Godawari sandesh

यस समिति भन्दा पहिले गत वर्षको अभिभावक संघको संयोजकमा खिना देवी खत्री रहेकी थिइन । उहाँले घरायसी कामकाजका कारण जनाउदै विद्यालयको विकास र शैक्षिक गतिविधिलाई अगाडि बढाउन समय दिन नसकेको जनाउदै दिपक खत्रीलाई सर्वसम्मत चयन गरिएको हो ।

आज विद्यालयमा ज्येष्ठ नागरिक बजिर सिंह साउदको अध्यक्षतामा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौरे दमाई सहितको उपस्थितिमा अभिभावकहरूको आम भेलाबाट दिपक खत्रीलाई संयोजकमा चयन गरिएको थियो ।

Loading...