कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेलागाडा पल्टिँदा एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेलागाडा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका—१५ बस्ने ३० वर्षका नारद राना रहेका छन् ।

Dadeldhura hospital

शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदास्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा दोदाबाट विकाशबस्ती लैजादै गरेको आइसक्रिम बेच्ने साइकल (ठेला गाडी) अनियन्त्रित भएर गम्भिर घाइते भएका रानाको मृत्यु भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

आइसक्रिम बेच्ने साइकल ठेलागाडी सडकबाट करिब ५\६ फिट तल खसेर गम्भिर घाइते भएका उनको शनिबार माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...