धनगढीमा ठगी र चेक अनादर मुद्दाका फरार दुई युवक पक्राउ

धनगढी- धनगढीमा ठगी र चेक अनादर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिकाका दुई युवक पक्राउ परेका प्रहरीले जनाएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

ठगी मुद्दामा १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय पारस मल्ल र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय शुशिल चौधरी पक्राउ परेका हुन् ।

Navadurga sun

अदालतबाट दोषी ठहर तर फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए। दोषी ठहर दुबै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...