डडेल्धुराको परशुराम नपाका कर्मचारीहरु आन्दोलित

डडेल्धुरा- डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत माथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी माथि कुटपिट भएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरुले नगरपालिका सहित मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै आन्दोलन थालेका हुन् । नगरपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर सिंहका अनुसार टाउको कालोपट्टी बाँधेर सबै कर्मचारी आन्दोलनमा उत्रिएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै कार्यपालिका बैठकमा उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्ण‍ बहादुर धामी, १ का वडा अध्यक्ष लाल बहादुर धामी लगायतको समूहले ज्यानमार्ने उद्देश्यले सुनियोजित हमला गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई गम्भिर घाइते बनाएको उल्लेख गरेका छन् ।

‘यस्तो अमानविय व्यवहार र हमला गर्ने दोषी माथि कडा भन्दा कडा कानूनी कारबाही नहुन्जेल सम्मका लागि परशुराम नगरपालिकका तथा यस अन्तर्गतका सम्पूर्ण कार्यालयहरुको अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि ठप्प गरिएको जानकारी गराउदछौं,’ परशुराम नगरपालिका सम्पूर्ण कर्मचारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

गत बिहीबार भएको कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै दुई पक्ष बीच कुर्सी हानाहान भएको बताइएको छ । सोही क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशी माथि कुटपिट भएको बताइएको छ । अहिले जोशी उपचारका लागि काठमाडौं पुगेका छन् ।

Loading...