चैतन्य पाठशालाको २३ औँ वार्षिकोत्सव सम्पन्न

धनगढी- धनगढी उपमहानगरपालिका-५ शिवनगरस्थित चैतन्य पाठशालाले २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शिक्षा र संस्कारको संगम भन्ने नारा लिएर अघि बढी रहेको पाठशालाले सोमवार विभिन्न व्यक्तिहरूको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

Dadeldhura hospital

वार्षिकोत्सवको स्वागत मन्तव्य व्यक्त गर्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले पूर्वीय ज्ञान परम्परासँगै विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक् सिकाइमा विद्यालय अघि बढी रहेको बताए । वर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै भविष्यका कणर्धारका रूपमा चिनिएका स-साना बालबालिकालाई जीवन उपयोगी सिप, ज्ञान र क्षमताका कुरालाई जोड दिएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

२३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा वर्षभरि विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै शिक्षक, शिक्षिका, अभिभावक,पत्रकार तथा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको छ ।

Loading...