सशस्त्र प्रहरीले पक्राउ गर्‍यो १८ लाख बढीको सामान सहित ४ जना

धनगढी- कैलालीमा सशस्त्र प्रहरीले १८ लाख बढीको सामान सहित ४ जनालाई पक्राउ गरेको छ । कैलाली स्थित सशस्त्र प्रहरीको ३४ नम्बर गणमा नयाँ प्रमुख एसपी दलबहादुर पाण्डे आएसँगै विभिन्न अपरेसन थालिएको छ । जसमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टरले अवैध सामान र चोरी तस्करी विशेष टार्गेटमा राखेको छ ।

Dadeldhura hospital

बुधवारमात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा भन्सार छलीको सामान समातेका छन् । टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ७ लाख ९८ हजार बरावरको लत्ताकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै सामानसहित ४ जना व्यक्तिहरु पनि पक्राउ परेका छन् । जसमा धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड बस्ने ६२ वर्षीया महेश्वरी बिष्ट, सोही ठाउँकी ३५ वर्षीया तुलसी भट्ट, ३७ वर्षीया धना साउद र ३५ वर्षीया गौरी ओझा रहेको डीएसपी खेम ठकुल्लाले जानकारी दिए ।

त्यस्तै अन्य क्षेत्रमा समेत गरेर नयाँ एसपी आएपछि हालसम्म सशस्त्रले १८ लाख ५६ हजार सात सय पैतालिस मूल्य बरावरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ । यस्तै १ लाख ३७ हजार छ सय बरावरको कुखुरा तथा माछा बरामद गरी नष्टसमेत गरिएको बताइएको छ ।

Loading...