कञ्चनपुरमा अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ७३ हजार रकम ठगी

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा अनलाइनबाट ७३ हजार रकम ठगी भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-८ बस्ने सलिना चौधरी ठगीएकी हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

अमेरिकी डलर साट्ने प्रलोभनमा परेर उनी ठगिएकी ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरले बताए । फागुन ९ गते अपरिचित नम्बरबाट वाट्सेपमा भिनाजुले अमेरिकी डलर पठाएको छ भन्दै कल आएपछि आफुले अपरिचित व्यक्तिसंग कुराकानी गरेको चौधरीले बताइन् ।

Navadurga sun

‘तपाईको भिनाजुले अमेरिकी डलर ४ हजार पठाएको छ भनेपछि मैले कुराकानी गरेकी हुँ । अमेरिकी पैसा नेपाली रुपैयाँसंग साट्नको लागि कल मार्फत २५ हजार रुपैयाँ चाहिन्छ भनियो, मैले ती अपरिचित नम्बरबाट दिएको नविल बैंकको न्यू रोड शाखामा मोहित गुप्ताको नाममा सञ्चालनमा रहेको खातामा झलारीबाट आइएमइ मार्फत पठाए’, चौधरी भन्छिन्, ‘ती व्यक्तिले पैसा कम पर्यो भनेपछि मैले फेरी आइएमइबाटै १० हजार र ३२ हजार गरी दुई पटक ती गुप्ताको खातामा रकम पठाए, तर ती व्यक्तिले अमेरिकी डलर साट्ने प्रलोभन देखाएर मलाई ठगी गरेका रहेछन् ।’ उनले आफुलाई प्रलोभन देखाएर रकम लुटिएको भन्दै रकम ठगी गर्ने व्यक्तिको खोजी गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय झलारीमा बिहीबार निवेदन दर्ता गरेकी छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...