सडकनाली गुणस्तरिय एव् मापदण्ड अनुसार काम गर्न मेयर भट्टको निर्देशन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १० मा निर्माणाधिन सडकको नालीको काम तोकिएको समयसिमा भित्रै मापदण्ड अनुसार निर्माण सम्पन्‍न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

Dadeldhura hospital

गोदावरी नगरपालिका वडा न. ३ को मालाखेतीको खानेपानी देखि वडा न. १० को वडा कार्यालय सम्म पुग्ने सडक खण्डको नाली निर्माणकार्यमा रोडमा आएको बाधा ब्यावधानहरुलाई गोदावरीका नगरप्रमुख बिरेनद्र भट्टको उपस्थितिमा भएको छलफल तथा परामर्शबाट रोडको काममा आएको समस्यालाई सामाधान पश्चात अहिले आएर रोडको नाला निर्माण कार्य शुरु भएको छ ।

Navadurga sun
Godawari sandesh

बिगत लामो अबधि देखि सडक निर्माणका लागि रोडमा आएका अबरोधहरु हटाएर किलियर पार्दा पनि नाली निर्माणको काम अगाढी नबढेको कारण समस्याको सामाधानका लागि निर्माण कम्पनी (थिङ कन्ट्र्याक्टर) सँग एव् स्थानिय बासिन्दासँगको छलफलबाट समस्याको सामाधान भइ काम अगाढी बढेको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।

सडक निर्माणका क्रममा आइपरेका समस्या, ठेकेदारको कमजोरी स्थानिय जनताले जमिनमा गरेको भोगचलन लगायतका सम्पूर्ण समस्याहरु आएका थिए । यो सडकबाट गोदावरी नगरपालिका वडा न. १०-११ र १२ भएर मानिसहरुको आवतजावत जाने गर्छन भने, प्रदेशकै गौरबको आयोजना चौकीडाँडा फल्टुडे सडक पनि निर्माण भईरहेको छ ।

Loading...