सुदूरपश्चिममा सशस्त्रका ६ एसपीको सरुवा

धनगढी- सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सुदूरपश्चिमका ६ एसपीको सरुवा गरेको छ। बिहीबार प्रदेशका ६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको बताइएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलास्थित गणका गणपति एसपी डम्बर विष्टको सरुवा भएकोमा उनको स्थानमा हर्कराज पन्त आएका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै कञ्चनपुरस्थित गणका प्रमुख एसपी प्रेम रावलको स्थानमा खगेन्द्र चन्द, कैलालीस्थित गणका प्रमुख रामहरी अधिकारीको स्थानमा दलबहादुर पाण्डे आएका छन्।यस्तै रिजर्व गण वनवेहडाका एसपी वीर सिंह साहुको सरुवा भएकोमा उनको स्थानमा हर्कबहादुर विष्ट, डोटीस्थित गणका गणपति एसपी राजु गौतमको स्थानमा निलमणि आचार्य आएका छन्।

त्यस्तै अत्तरियास्थित वैद्यनाथ बाहिनीका एसपी देवराज जोशीको स्थानमा प्रदिप सिंह कार्की आएका छन्।

Loading...