मैत्रिपुर्ण फुटसलको उपाधी प्रेस चौतारी कैलालीलाई

धनगढी- प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । सोमबार परेको २६ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी कैलाली शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी आयोजकले जितेको हो । गोलाप्रथामा वाई पाएर पहिलो स्थानका लागि नेकपा एमाले कैलालीसँग प्रतिस्पर्धा गरेको चौतारीले १-० गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो ।

पहिलो खेलमा नेकपा एमाले कैलालीले प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिलाई ६-५ ले पराजीत गर्दै पहिलो स्थानका लागि दोस्रो खेल खेलेको थियो। प्रेस चौतारीको प्रदेश कमिटिले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । मैत्रीपूर्ण फुटसलमा पहिलो, दोस्रो र तेस्रो बनेका टिमलाई सम्मान स्वरुप ट्रफी प्रदान गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मैत्रीपूणर् फुटसलको समापन कार्यक्रमका प्रमुख अतिथि एमालेका पोलिटब्युरो सदस्य एवंम् प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल रहेका थिए । रावलले नै मैत्रीपूर्ण फुटसलको उद्घाटन गरेका थिए । उनले स्थापना दिवसको अवसरमा प्रेस चौतारी कैलालीले आयोजक गरेको मैत्रीपूणर् फुटसलले पार्टी र चौतारीको भूमिकालाई बलियो बनाउने बताएका थिए । मैत्रीपूर्ण फुटसल सकिए लगत्तै धनगढीको सोराइँ बैँकेटमा एमालेका नेता र प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको उपस्थितीमा चियापान कार्यक्रम समेत गरिएको थियो ।

मैत्रीपूणर् फुटसल तथा चियापान कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रावल, पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेश ठगुन्ना, केन्द्रीय सदस्य तथा सुदूरपश्चि प्रचार विभाग प्रमुख कमला बोहरा, खेलकुद महासंघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज बिष्णु चन्द, पार्टी कैलाली सचिव डेजी पाण्डे, उपसचिव लोकेन्द्र शाही, ममता चौधरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रेस चौतारीकातर्फबाट पूर्व उपाध्यक्ष तथा पूर्व सुदूरपश्चिम इन्चार्ज हेमन्त पौडेल, एमाले प्रचार विभाग सुदूरपश्चिमका सचिव राजेन्द्र नाथ, पूर्व केन्द्रीय सदस्यद्धय दिल बहादुर छत्याल, गोविन्द रोस्यारा, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना, प्रदेश महासचिव शिवराज भट्ट, तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिती रहेको थियो।

Loading...