कञ्चनपुरमा लागूऔषध सहित दुई युवक पक्राउ

Dadhaldhura pur

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका ७ कलुवापुरबाट ०.८१ ग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाँउ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय रानालाई बिहीबार दिउँसो पक्राउ परेका हुन्।

Ganyapdhura gau

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट खैरो हेरोईन फेला पारी दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुबै जनालाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...