साँफेबगर नगरपालीकामा ३ महिने हाते कडाई तालीम सम्पन्न

प्रकाशबहादुर बाेहरा
अत्तरिया, २६ असार- व्यवसायिक तथा सीप बिकास तालीम केन्द्रकाे आयाेजनामा साँफेबगर नगरपालीकाकाे सहयाेगमा संचालीत ३ महिने हाते कडाई तालीम सम्पन्न गरिएकाे छ ।

godawari10 Mahila hinsa
Navadurga sun

शनिबार नगरपालिकाकाे सभाहलमा एक कार्यक्रमका बिच सम्पन्न गरिएकाे हाे ।

उक्त समापन कार्यक्रममा नगर प्रमुख कुल बहादुर कुँवर, नगर उप-प्रमुख बिर्मला बुड्थापा, सीप बिकास तालीम केद्र धनगढीका केन्द्र प्रमुख भुवनराज पन्त र केद्रका प्रकाश बहादुर बाेहरा, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा, प्रशासन शाखा प्रमुख शंकर थापा, महिला बिकास शाखा प्रमुख अनिता जाेशी लगायत पत्रकारहरूकाे सहभागी रहेकाे थियाे ।

Dadeldhura hospital

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरकाे प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमकाे विशिष्ट अतिथी नगर प्रमुख बिर्मला बुड्थापा रहेका थिए ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख शंकर थापाले मन्तव्य दिने क्रममा तालिमलाई सहि सदुपयाेग गरि दिन अनुराेध गरेका थिए ।

मन्तव्य दिने क्रममा नगर प्रमुख बिर्मला बुड्थापाले महिला दिदिबहिनीहरूलाई आर्थिक रूपमा लगेर गर्नुपर्ने बताईन ।

उक्त तालीमका सम्पूर्णमा स्वागत गर्दै प्रशिक्षकहरू टाढाटाढाबाट झिकाएर गर्नु परेकाे छ । तालीमहरू राम्राे संग सिकाएर अछाम जिल्लाबाट प्रशिक्षक उत्पादन गर्न सक्नु पर्ने बताए । प्रशिक्षार्थीहरूबाट तपाईहरूकाे क्षमता हेरी यस नगरपालिकाले मुल्यांकन गर्ने बताए ।
आउँदाे आर्थिक बर्ष २०७७/०७८ देखी सबैसंग सहकार्य गरि कुन तालीम राख्दा उपयाेगी हुने हाे त्यस्ताे किसिमकाे तालीम संचालन गर्ने बताए ।

अघ्यक्षता व्यवसायिक तथा सीप बिकास तालीम केन्द्र धनगढी कैलालीका केन्द्र प्रमुख भुवनराज पन्तले उक्त तालीममा नगरपालीकाले तालीममा धेरै सहयाेग गरेकाे बताए । सिकेकाे सीपलाई सहि सदुपयाेग गरिदिन समेत अनुराेध गरेका छन्।

उक्त समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई व्यवसायिक तथा सीप बिकास तालीम केन्द्रले खाजा वाफत र साँफेबगर नगरपालीकाले यातायात वाफत भनेर ५०/५० रूपैयाका दरले नगदै उपलब्ध गराएकाे थियाे भने नगरपालीकाले १९ जनालाई कडाई गर्ने रिङ समेत उपलव्ध गराईकाे थियाे । कार्यक्रमकाे संचालन आशा चाैधरीले गरेकी थिइन ।

Loading...