शिक्षा क्षेत्रको विकासका लागि केही नयाँ कुरा ल्याउदै छौ : नगर प्रमुख भट्ट

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले यस पालिकाको शिक्षा क्षेत्रको विकासका लागि केही नयाँ कुरा ल्याउदै गरेको बताए । गोदावरीको सरस्वती माबिमा शुक्रबार देखि शुरुभएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गोदावरी नगरमा सबै क्षेत्रमा सम्भावना धेरै छन् तर कठिन पनि उत्तिकै रहेको बताए । नगरप्रमुख भट्टले नगरमा रहेका सम्पुर्ण बिद्यालयहरुमा शैक्षिक गुणस्तर न्युन रहेको र आफ्नो जिम्मेबारीका साथ अगाढी बढ्न सके मात्रै यस क्षेत्रको बिकास हुने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

‘यस पालिकामा यसै बर्ष देखि पालिका भित्र शिक्षामा गुणस्तिय तथा उत्कृष्ठ नतिजा, पठनपाठन, शैक्षिक गतिबिधि गरेका बिद्यालय परीवार र बिद्यार्थी भाई बिहीलाई पुरुष्कारको ब्यावस्था समेत गरेका छौ ‘ उनले भने ‘यसबाट पालिका भित्रका शैक्षिक क्षेत्रलाई हौसला बढाउने काम पालिकाले गरेको छ ।’ मेयर भट्टले शिक्षा क्षेत्रको समग्र विकासकालागि पालिकाबाट गर्ने सहयोग, हौसला र सुझाब दिई रहने बताएका छन ।

यस पालिकामा सिमिति स्रोत साधनको पाबन्दीमा शिक्षा क्षेत्रमा केही न केही देखिने गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।खेलाडीहरुलाई खेल अबधिभर अनुसासित भएर खेल्न आग्रह गर्दै उनले यस्ता खाले प्रतियोगिताबाट क्षेत्र हुदै राष्ट्र सम्म पुग्ने बिद्यार्थीलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सरस्वती माद्यामिक बिद्यालयले प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको र उक्त प्रतियोगिता अनुशासित ढंगबाट सम्पन्न गर्ने छ भन्ने बिश्वास व्यक्त गरे । लगनशिलताका साथ अगाडी बढे लक्ष्य पुरा गर्न सकिने उनले बताए ।

उनले नगरस्तरिय छनौट प्रतियोगितासंगै जिल्ला स्तरिय खेल समेत गोदावरीको पायक पर्ने स्थानमा गर्ने बताए । मेयर भट्टले विद्यार्थीमा रहेको अन्तर क्षमता प्रस्फुटनका लागि अवसरको थलो समेत राष्ट्रपति रनिङ शिल्ड रहेको बताएका छन् ।

Loading...