बाजुरा- बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको बडीमालिका नगरपालिका-६ कोर्धकी ३० वर्षीया सीमा बडवालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।




बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।


अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचार पछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सिनाले बताए ।

