



धनगढी- अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमाललाई निमन्त्रणा आएको छ । पौष , शुक्ल द्वादशी बिक्रम सम्बत २०८० सोमबार (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो ।


श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक श्री मोहन भागवत जी, उत्तर प्रदेश सरकारका राज्यपाल श्रीमती आन्नदी बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्य मन्त्री श्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास जी, सन्त समाज, समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा प्राण प्रतिष्ठा समारोह सम्पन्न हुन गई रहेको छ । प्राण प्रतिष्ठा शुभ मुहुर्त पौष शुक्ल द्वादशी बिक्रम सम्बत २०८० मध्याह्न १२ः२० रहेको छ ।





