एनआरएन छैटौं फारवेष्ट पशुपति कपको उपाधी स्टार सिटी क्लबले जित्यो

धनगढी- एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३-२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो।

Ganyapdhura gau

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाईनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोल मात्रै भएको हो ।

Navadurga sun
Godawari sandesh

पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । ईलाईटका खेलाडीले फल गरेपछि पाईएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिवक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ईलाईटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे ।

एक एक बरीबरमा रहेको अवस्थामा पहिलो हाफकै ३९ औं मिनेटमा ईलाईटका विनोद केसीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन् । पहिलो हाफको ४१ औं मिनेटमा स्टार सिटीका लागि प्रदीप लामाले गोल गर्दै खेलाडीलाई २-२ को बराबरीमा पुराए ।

पहिलो हाफमा बराबरी भएको अवस्थामा दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै प्रदीप लामाले व्यक्तीगत दोस्रो गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि स्टार सिटी दोस्रो पटक च्याम्पीयन बनेको हो । स्टार सिटीलाई च्याम्पीयन बनाउन फाईनलमा दुई गोल गरेका प्रदीप लामा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् । च्याम्पीयन भएसँगै स्टार सिटीले नगद ५ लाख प्राप्त गरेको छ । पहिलो सहभागीता जनाएर उपविजेता बनेको ईलाईटले नगद २ लाखमा चित्त बुझाए।

Dadeldhura hospital

प्रतियोगिताका अधिकांश विधामा स्टार सिटीले कब्जा जमाएको छ । स्टार सिटीका प्रदीप लामा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । स्टार सिटीका अमानत सेख उत्कृष्ट गोलरक्षक, कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे ।

स्टार सिटीकै निलेश बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले नगद १० हजार पाए । ईलाईका चेतन थारु उत्कृष्ट रक्षक बने । उनले पनि नगद १५ हजार प्राप्त गरे ।
आयोजक फारवेष्ट पशुपति युवा क्लबका सुशिल विश्वकर्मा उदयमान खेलाडी बने । उनले नगद १५ हजार प्राप्त गरे ।
च्याम्पीयन बनेको स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमल अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर खेलेका कारण च्याम्पीयन भएको बताए ।

स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनिति अनुसार नै खेलेर उपाधि जितेको बताए । उनले आफ्ना खेलाडीहरुले शत प्रतिशत दिएर खेलेको बताए ।

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएर उपविजेता बनेको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले आफुहरुले राम्रो खेलेको भएपनि भाग्यले साथ नदिएको बताए । उनले पाएका मौकाहरु गोल नहुँदा टीम पराजित भएको बताए ।

ईलाईटका प्रशिक्षक अमर चौधरीले आजको दिन आफ्नो पक्षमा नरहेको भन्दै राम्रो खेल्दा पनि उपाधि जित्न नसकेको बताए । उनले आशा गरिएका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकारे ।

विजयी खेलाडीहरुलाई एक समारोहबा बीच पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, विशिष्ठ अतिथि गैर आवासीय नेपाली संघका मुख्य कार्यकारी अधिकृत राजेन्द्रकुमार रावत लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको थियो भने मुख्य प्रायोजकमा एनआरएनए रहेको थियो ।

Couple
Loading...