शुक्लाफाँटामा एमरेड परियोजनाका कार्यक्रमको अनुगमन

कञ्चनपुर– नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकामा आर्थिक विकास मार्फत विपद् जोखिम परियोजना (एमरेड) ले सञ्चालन गरेका कार्यक्रमहरुको बिहीबार अनुगमनको कार्य गरिएको छ ।

Ganyapdhura gau

परियोजनाले नगरपालिकामा एक वर्ष देखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं. १ मा परियोजनाद्धारा सञ्चालित १ सय ५० मिटरको जैविक तटबन्ध, वडा नं. २ मा उखु खेतीको अबलोकनका साथै सामुदायिक विपद् व्यवस्थापन समिति र कार्यदलहरु संग विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका सम्बन्धमा अन्तक्रिया कार्यक्रम गरिएको छ ।

Navadurga sun

यसैगरी वडा नं. ३ मा जैविक तटबन्ध तथा वगर संरक्षका कार्यक्रमको अवलोकन गरिएको छ । अबलोकन कार्यक्रममा परियोजनाका कार्यक्रम अधिकृत (संयोजक) महेश घिमिरेले जैविक तटबन्ध, उखु खेती र बगर संरक्षण प्रयास बारे अबलोकनमा सहभागीहरुलाई जानकारी दिए ।

Dadhaldhura pur

अवलोकन कार्यक्रममा सहभागी नगर प्रमुख रण बहादुर महराले जैविक तटबन्धका कार्यक्रम निकै प्रभावकारी भएको चर्चा गर्दै उपभोक्ता जिम्मेवार भएर जैविक तटबन्ध निर्माण गरिएका ठाउँहरुमा घाँस लगायतका विरुवा रोप्नु पर्ने बताए ।

समुदाय तयार भए जैविक तटबन्धका कार्यक्रमलाई अझै अगाडि बढाउन तयार छौं उनले भने, ‘नगरपालिकाका तर्फबाट योगदान गर्न कटिवद्ध छौं ।’

नगर उप प्रमुख कल्पना पन्तले नगरपालिकाका अति आवश्यक भएका १२ वटै वडामा परियोजना संग सहकार्य गरी नदी प्रभावित क्षेत्रमा जैविक तटबन्धका कार्यक्रम सञ्चालन गर्नका लागि पहल गरिने बताए । ढुङगा तार जालीको तटबन्धन भन्दा जैविक तटबन्ध निकै सस्तो र भरपर्दो भएकाले यसलाई अरु ठाउमा विस्तार गरिनु पर्ने उनले बताए ।

वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले जैविक तटबन्धले भू क्षय रोक्नमा महत्पूर्ण योगदान गरेकाले यसलाई प्राथमिकताका साथ विस्तार गरिनु पर्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...