डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बन्दै

डडेलधुरा- डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तार सँगै भित्री मधेसको सदरमुकाम समेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित शहर बनाउन लागिएको हो ।

Ganyapdhura gau

व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यकरण गर्न थालिएपछि भित्रीमधेस क्षेत्रको आकर्षण र महत्व रहेको नगरपालिका व्यवस्थित शहर बनिरहेको हो । परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियान अन्तर्गत सडक विस्तार र कालोपत्र, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदलमार्ग निर्माण, सडकबत्ती जडान लगायत शहर सौन्दर्यकरण गर्न थालिएको परशुरामका नगर प्रमुख भरत जोशीले जानकारी दिए ।

Navadurga sun
Dadhaldhura pur

डडेल्धुरा जिल्लाको भित्री मधेसमा रहेको जिल्लाकै ठूलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियान अन्तर्गत पहिलो चरणमा पालिका सदरमुकाम लालढुङ्गा बजारमा सडक विस्तारको कार्य अघि बढाएको छ । पालिकाले सौन्दर्य र आकर्षक सडक बनाउन पहल शुरु गरी व्यवस्थित पालिका बनाउने अभियानका लागि सहरी विकास आयोजना अन्तर्गत करिब ४० करोड रुपैयाँको ठेक्का पारित गराई सडक चौडा बनाउन शुरु भएको छ ।

सो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पनि समयमै तोकिएको गुणस्तरमा काम सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा कामको शुरुआत गरेको नगर प्रमुख जोशीले जानकारी दिए । सडक बत्ती, सिसी क्यामरा जडान, बगैँचा र उद्यान, फूलबारी निर्माण, पैदलमार्ग निर्माण, अन्य धार्मिक गन्तव्य सँग जोड्ने काम पनि व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ ।

भित्री मधेस क्षेत्रमा रहेका धार्मिकस्थल र पर्यटकीय गन्तव्य बनाउनका लागि बजार र यस क्षेत्रलाई नै व्यवस्थित गरी लैजान लागिएको परशुराम नगरपालिकाले जनाएको छ । परशुरामधाम, आलिताल, महाकाली नदी यसक्षेत्रका प्रमुख गन्तव्य हुन् भने पुन्तुरा नदी, रगुनदी, धार्मिक मन्दिर र अन्य आकर्षक स्थल समेत व्यवस्थित गरी नगरपालिकामा धार्मिक पर्यटक र अन्य मानिसका सुविधाका लागि व्यवस्थित बसोबासको आवश्कता रहेको ।

पहिलो चरणमा लालढुङ्गा बजार, द्वारिका चोक, त्रिवेणी क्याम्पस हुँदै सिमलखेत जाने बाटोको पुन्तुरानदीसम्म व्यवस्थित तथा पक्की सडक सञ्जाल बनाउने काम शुरू भएको छ । यो काम तोकिएको गुणस्तरमा सम्भवतः बैशाख भित्रै सम्पन्न हुने विश्वास लिएको नगर प्रमुख जोशीले बताए । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...