

अत्तरिया- कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन ।



गौरिगंगा नगरपालिका-६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोकिदा सुदूरपश्चिम प्रदेश ०३००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका-४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएका हुन् ।


ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार र कार चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।