फारवेष्ट पशुपति कपको तयारी पुरा, विजेताले ५ लाख पाउने

धनगढी– फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको बताएको हो । भोली (शुक्रबार) बाट प्रतियोगिता सुरु हुने आयोजक क्लबका महासचिव ललित मिश्रले बताए । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Ganyapdhura gau

बिहीबार प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा भाग लिएका क्लबका कप्तान सहित टफी सार्वजनिक गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुनर्वास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ। प्रतियोगिता सञ्चालनमा झन्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

समूह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति सँगै टेक वहादुर चोखाल फाउन्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदूरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन् ।

समूह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब रहेका छन् ।

Couple
Loading...