धनगढी उपमहानगरपालिकामा ‘फायर बाइक’ सेवा सुरु

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा ‘फायर बाइक’ सेवा सुरु गरिएको छ ।

Dadeldhura hospital

उपमहानगरपालिकाले नगरवासीको सेवाका लागि फायर बाइक सेवा सुरु गरेको हो । विपद परेको बेला नगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

धनगढीका १९ वडाभित्रै यस्तो सेवा प्रदान गरिनेछ । कहिँकतै आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि हाल उपमहानगरपालिकाले दुईवटा फायर बायक तयारी अवस्थामा राखेको छ । आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक जान्छ, दमकमभन्दा यो छिटो हुन्छ,’ नगरप्रमुख गोपाल हमालले भने, ‘तत्काल बचाउनुपर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ ।’ आगलागी तथा विपदजन्य जोखिमका बेला फायर बाइक दमकल उपयोगी मानिएको छ ।

Loading...