
काठमाडौँ- आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।




