कैलारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सोमवार साँझ दुर्घटना भएको हो।

Dadeldhura hospital

बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका शिशिरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

Navadurga sun
Godawari sandesh

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका–५ का २६ वर्षीय वीरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडीसवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...