

अत्तरिया- लागुऔषध विरुद्वको महाअभियान अन्तरगत अत्तरियामा रहेको सत्यवती एकेडेमीमा सचेतनामुलक कक्षा सञ्चालन गरिएको छ ।



ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बराल सहितको टोलीले सोमबार कक्षा सञ्चालन गरेको हो ।


करिब ७० जना विद्यार्थीको उपस्थीतीमा कक्षा सञ्चालन गर्नुका साथै पर्चा पम्प्लेटहरु वितरण गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।