धनगढी- सुदूरपश्चिम महोत्सवको चौथो दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । आज सोमवार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले बताए ।




त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए। मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ ।


यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आर्कषण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।




