बझाङमा जिप दुर्घटना, दुई जना घाइते

बझाङ- बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–७ मा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

भाडेबजारबाट नौरा तर्फ गइरहेको उक्त जिप दुर्घटना हुँदा बझाङ छबिसपाथिभेरा गाउँपालिका–७ का २५ बर्षिया जिप चालक झलक धामी र सोही ठाउँकी ३५ बर्षिया पुतली धामी घाइते भएका हुन्।

Navadurga sun

आइतबार साँझ ५:३० बजे आफै अनियन्त्रित भई जिप सडकको बायाँ पट्टी पल्टिएको थियो। घाइते भएका दुवै जनाको हात र टाउकोमा चोट लागेकाले उपचारको लागी जिल्ला अस्पताल पठाइएको छ।

जिपमा पाँच जना सबार रहेको र अन्य तीन जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए। दुर्घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...