बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिवार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ का ३५ वर्षीय अम्मर बिष्टको मृत्यु भएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन्।

Navadurga sun

घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

 

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...