कैलारी गाउँपालिकाको बजेट सर्वसम्मतिले पारित

धनगढी, १५ असार– कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि गाउँ सभामा पेस गरेको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । मंगलबार बसेको गाउँ सभा बैठकले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।

Dadeldhura hospital

असार १० गतेको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । त्यसैगरी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको गाउँ सभा बैठकले ताली बजाएर बजेट, नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गरेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कैलारी गाउँपालिकाले विषयगत समितितर्फ पूर्वाधार विकास र सामाजिक विकासमा सबैभन्दा बढी तीनरतीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, आर्थिक विकासतर्फ दुई करोड २५ लाख, वन तथा विपद व्यवस्थापनमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उपाध्यक्ष लक्ष्मी सत्गौवाको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले विशेष सम्बोधन गरेका थिए । उनले, बजेट, नीति तथा कार्यक्रममा उठेका विषयमा प्रष्ट पारेका थिए । यस्तै, बैठकमा भौतिक पूर्वाधार विकास समिति संयोजक कमलप्रसाद चौधरी, आर्थिक विकास समिति संयोजक कैलाश चौधरी, वन तथा वातावरण र विपद् व्यवस्थापन समितिका संयोजक विष्णु चौधरी र सामाजिक विकास समितिका संयोजक भागरथी चौधरीले बोलेका थिए ।

Loading...