गन्यापधुरा गाउँपालिकाले भूकम्प पीडितलाई २ लाख सहयोग गर्ने

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रूकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगस्वरूप गाउँपालिकाले दुई लाख दिने भएको हो।

जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितको उद्धार र राहतको लागि सरकारको कोषमार्फत् पालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिका–२ का वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए।

Navadurga sun

यस्तै, डडेल्धुराकै परशुराम नगरपालिकाका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भूकम्पपछिको राहत तथा उद्धार कार्य सुरू भएको बेला सो रकम सहयोग गर्ने घोषणा गरेका हुन्।आफूले पाउने सेवा सुविधा तथा व्यक्तिगत खर्च कटौती गरी भूकम्प प्रभावितलाई केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले सो रकम उपलब्ध गराउने मेयर जोशीले उल्लेख गरेका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...