लागूऔषध सहित भारतीय नागरिक पक्राउ

धनगढी– कैलालीमा लागूऔषध सहित भारतीय नागरिक पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका ८ खक्रौला स्थित सडक खण्डबाट ५ ग्राम ४४० मिलिग्राम लागूऔषध सहित लखिमपुर खिरी तिकुनिया थाना ईन्द्रनगर (भारत) बस्ने ३५ वर्षीय प्रेम सिंह मंगलवार दिउँसो पक्राउ परेका हुन् ।

प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बर प्लेट यूपी ३१ बी वाइ २७२८ नम्बरको मोटरसाईकल सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...