बाजुरा- बाजुराको खप्तड छेडेदहमा हरेक वर्ष खेल पर्वका रुपमा आयोजना गरिने सर्वाधिक धनराशी सहितको छेडेदह कप फुटबल प्रतियोगिता शुरु भएको छ।




सुन्दर नगरीमा हरेक वर्ष खेल पर्व, खप्तड छेडेदहको पहिचान र गर्व भन्ने नारा दिएर खप्तड छेडेदह गाउँपालिका सँगको सहकार्यमा फुटबल प्रतियोगिता आजबाट शुरु भएको छेडेदह स्पोर्ट्स क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताए ।


फुटबल प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले उद्घाटन गरेकी हुन् । प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ रहेको छ । उपविजेतालाई १ लाख २५ हजार २ सय २५ रुपैयाँ दिइने छ ।
प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ।
प्रतियोगिताका यो पाँचौँ संस्करण हो ।

