बैतडीको डिलाशैनीमा आज शोक बिदा

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा बोहराले पुर्याएको योगदान सधैं जिवन्त रहने उल्लेख गरिएको छ । यस्तै समन्वयकारी भूमिका र समाज विकास तथा रुपान्तरणका लागि बोहराका सपना पूरा गर्ने समेत शोक बक्तव्यमा उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्था लगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ ।

क्षयरोगबाट पीडित पूर्व अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । डिलाशैनी गाउँपालिका वडा नं ३ घर भएका ४५ बर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनी गएको ३ बर्ष यता क्षयरोगबाट पीडित रहेका थिए ।

बोहराको आज गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बोहरा शान्त स्वभावका नेताको रुपमा परिचित थिए ।

Loading...