बैतडीमा जबरजस्ती करणी आरोपमा चालक पक्राउ

Dadeldhura hospital

दार्चुला- बैतडी जिल्लाको पाटन नगरपालिका–६ हिरापुरबाट किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ परेका छन् ।महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको से १ ख १९७९ नम्बरको मिनीट्रकका चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । चाकल ओझामाथि सोही मिनी ट्रकमा सवार रहेकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

ट्रकसहित चालक ओझालाई हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । उनका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनीट्रकमा बसेकी थिइन् । बिहीबार राति बुडरमा बस्ने क्रममा मिनीट्रकमा आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको किशोरीले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...