कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ

Dadhaldhura pur

धनगढी- कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट ६२० मिलिग्राम लागूऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–४ का २९ वर्षीय संजय चौधरी र ३० वर्षीय कृष्ण चौधरी बुधबार साँझ पक्राउ परेका हुन्।

Ganyapdhura gau

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेको अबस्थामा चेकजाँच गर्दा लागूऔषधसहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...