कैलालीको गोदावरीमा अधिकृत चड्ने गाडी दुर्घटना

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो । चालकले रक्सीको नसामा विहिबार राति हाकिमको गाडी चलाएको समेत खुलेको छ ।

रक्सीको नसामा प्रमुख प्रशासकीय अधिकृत भट्टले चड्ने गाडीले गोदावरी नगरपालिका-१० खमौराका स्थानीय उद्धब बहादुर देउवाको घरको पर्खाल भत्काइदिएको छ । उनको घरको पर्खाल भत्किनुका साथै गाडी समेत क्षतविक्षत भएको छ । घरमा कोहि नभएको बेला रक्सीले मातिएका चालकले घरको पर्खाल भत्काएको घरधनी देउवाले गुनासो गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए । गाडीको अगाडीको भागमा क्षति पुगेको छ । चालक विक्रम चौधरीले रक्सीको तालमा देउवाको घरको पर्खाल भत्किने गरी गाडी ठोकेका हुन् । उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको दाबी गरेपनि आफै रक्सीको नसामा रहेको र गाडी छोडेर घर गएको समेत खुलेको छ ।

आज (शुक्रबार) बिहान मात्रै गाडी त्यहाँबाट निकाल्ने काम भएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्ट भने सो गाडीमा सवार थिएनन् । चालक एक्लै रहेको समेत पाइएको छ । चालकले मादक पदार्थ सेवन गरेर घरको पर्खाल भत्काएपछि क्षतिपुर्ति दिनुपर्ने घरधनी देउवाको माग छ । चाकल चौधरी खमौराकै स्थानीय हुन् ।

गोदावरी नगरपालिकाले दैनिक ३ हजार रुपैयाँ तिर्ने गरी प्रमुख प्रशासकीय अधिकृतका लागि सो गाडी भाडामा प्रयोग गर्दै आएको थियो । मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमा नगरपालिकाको खर्च हुँदै आएको छ । एक वर्षमा १० लाख ८० हजार खर्च हुँदै आएको उक्त गाडी २ वर्ष देखि नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको छ ।

Loading...