बाजुरामा अनन्ते मेला सुरु

बाजुरा- बाजुराबासीको स्थानिय संस्कृति पर्व अनन्ते मेला शुक्रबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्णिमाको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रूपमा लिइन्छ।

Ganyapdhura gau

यो मेला तीन दिनदेखि पाँच दिनसम्म लाग्छ। यो वर्ष असोज १२ गतेबाट सुरु भएर १४ गतेसम्म भब्यताका साथ मनाउने मेला ब्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताएका छन्। बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका रूपमा अनन्ते पर्वलाई लिने गरेको छन्।

Navadurga sun
Godawari sandesh

महाभारतमा कौरवसँगको लडाईँमा पाण्डवहरुले विजयी हासिल गरेको खुसीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरले विजयी उत्सवका रूपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन्।

Dadeldhura hospital

पर्वलाई सत्यको विजयीको सम्झनामा बनाउने गरिएको अनन्ते मेलाका जानकार कुम्भराज पण्डितले बताए। मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ। मेला हिन्दुहरुले मान्ने १६ श्राद्धय सुरु भएकै दिनबाट सुरु हुन्छ।

अन्यायको अन्त्य भन्ने शब्द अपभ्रस भएर अनन्ते शब्दको उत्पति भएको किवदन्ती रहेको छ। व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णीमाको दिनबाट सुरु भएर भगवनको भजन कृत्तन र महापुरुषले गरेका कल्याकारी कार्यलाई समुदायी बीच गीत मागलसंगै बिजुराका गाथाको माध्यमद्धारा मेला मनाउने गरेको स्थानिय बुद्धिसिंह थापाले बताए।

मेला अवधिभर बिजुरा बजाउँदै गीत मागल गाएर महाभारतको युद्धमा कौरव र पाण्डव बीचको युद्ध संवाद योद्धाले देखाएको युद्ध कुशलताका जस्ता कार्यको बर्णन गर्दै मेला बनाउने चलन छ ।

यो पर्ब सास्कृतिक रुपमा धनी पर्वका रुपमा बाजुरालीहरुले लिने गर्छन्। स्थानीय लोक सांस्कृतिक र जिल्लाको पहिचानको रूपमा मनाइने पर्व बाजुरा जिल्लाको मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगाएतका क्षेत्रमा मनाउने गरिन्छ।

Loading...