बडीमालिका नगरपालिकाले साढे ५५ करोड बढी बजेट पेस




अछाम, ८ असार- बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड ५० लाख ५१ हजार बजेट पेश गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख कविता विष्टले कूल बजेटको पुँजीगततर्फ ५२.१० प्रतिशत अर्थात २८ करोड ९२ लाख र चालूतर्फ ४७.८९ प्रतिशत अर्थात २६ करोड ५८ लाख २८ हजार प्रस्ताव गरेको छ ।



कोरोनाका कारण सम्पन्न हुन नसकेका योजनाका लागि क्रमगत रुपमा बजेट विनियोजन गरेको नगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि एक करोड ५८ लाख र कृषि क्षेत्रका लागि ७० लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।


त्यसैगरी सामाजिक क्षेत्रका लागि २५ करोड ३ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड ९१ लाख ६६ हजार र जनताको शासन जनमैत्री प्रशासन अभियानतर्फ ९ करोड ५६ लाख बजेट विनियोजन गरेको नगरपालिकाले बजेटमा विकास पूर्वाधार र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको छ ।
नगर प्रमुख बडुवालले बुढीगङ्गा नदीको संरक्षण सम्बन्धी गुरुयोजना तयार गरी यसलाई नगरवासीको जिविकोपार्जनको वैकल्पिक माध्यमको रुपमा विकास गरिने बताउँदै नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको जानकारी दिए ।



