कैलारी गाउँपालिकाले अट्वारी पर्वमा दुई दिन बिदा दिने

धनगढी- पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अट्वारी पर्व यस वर्ष भदौ ३१ गते परेको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतवार तथा कुशेऔंसी पछिको पहिलो आइतवारका दिन अट्वारी पर्व मनाइन्छ।

Ganyapdhura gau
Dadeldhura hospital

थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दिलबहादुर चौधरीले अट्वारी पर्व यहि भदौ ३१ गते परेको बताए। उनले कुशे औंसी पछिको पहिलो आइतवार र भाद्र शुक्ल पक्षको पहिलो आइतवार भदौ ३१ गते परेकोले उक्त दिन थारु समुदायको अट्वारी पर्व परेको बताए।

Navadurga sun
Godawari sandesh

अट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो। तर, थारु समुदायका महिला पनि अट्वारी व्रत बस्ने गर्दछन्। पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अट्वारी पर्व मनाउने गरेका छन्।

यसैबीच, थारु बाहुल क्षेत्र रहेको कैलारी गाउँपालिकाले अट्वारी पर्वमा दुई दिन स्थानीय विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले भदौ ३१ गते र असोज १ गते स्थानीय बिदा दिने निर्णय गरेको हो।

 

Loading...