बैतडीमा जिप दुर्घटना, दुई जना घाईते

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। पाटन–पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका–६ अड्तोलामा मंगलवार राति ९ः३० बजे जिप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

Dadeldhura hospital

उनका अनुसार डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको शिवनाथ गाउँपालिका–१ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएका छन्।

Navadurga sun
Godawari sandesh

प्रकाशको टाउको र अनुस्काको हातमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले बताए। घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ।

जिपका चालक शिवनाथ गाउँपालिका–२ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनियन्त्रित भएर जिप दुर्घटनामा परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

Loading...