आज चार वटा प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

Dadeldhura hospital

काठमाडौं- आज कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताए । उनका अनुसार आज, भोलि र पर्सि तीन दिन लगातार झरी पर्ने सम्भावना छैन ।

तर, मनसुनी गतिविधिका कारण केही ठाउँमा दिउँसो पछि हल्कादेखि मध्यम र एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । पानी परेका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...