धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइते भएका थिए। उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

मंगलवार राति कनरीबाट धनगढी आउँदै गरेको सु.प.प्र. ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते भएका थिए। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको कैलाली प्रहरीले बताएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

कैलाली प्रहरीका अनुसार ३५ वर्षीय बोहराको घर बझाङको केदारसियू गाउँपालिका वडा नम्बर ५ हो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...