धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँमा आइतबार साँझ सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा लागुऔषधसहित पक्राउ परेका हुन्।

एक ग्राम २४ मिलिग्राम लागुऔषध र आठ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

 

Loading...