बाजुराका बाढीपहिरो पीडिलाई राहात वितरण

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यही साउनको पहिलो सातादेखि बाजुरामा लगातार परेको अविरल वर्षाका कारण प्रभावित भएका बस्तीमा नगरपालिकाले राहात सामग्री विरतण कार्य सुरु गरेको हो ।

Ganyapdhura gau

बाढीपहिरोबाट प्रभावित भएको त्रिवेणी–६ को फल्नेतोलाका झण्डै १५ घरपरिवारलाई राहात वितरण गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

अविरल वर्षातले गाउँ माथिबाट गएको पहिरोले त्रिवेणी नगरपालिका–६ को फल्नेतोलाका १५ दलित परिवार विस्थापित भएका थिए । पहिरोले विस्थापित गराएका त्रिवेणी नगरपालिका–६ फल्नेताला१५ घरपरिवार गाउँ नजिकैको विद्यालयमा बसोवास गर्दै आएका छन् ।

घर पहिरोको जोखिममा रहेकाले विद्यालयमा बसोबास गरिरहेको त्रिवेणी नगरपालिका– ६ दलित बस्तीका स्थानीय गोल्सन विकले बताए ।

उहाँले पहिला गाउँमा एक विद्यालय थियो । केही वर्ष अघि त्यो विद्यालय अर्को विद्यालयमा गाभिएपछि अहिले फल्नेतोलाका १५ दलित परिवार त्यसैमा बसोवास गरिहरको बताए ।

Dadeldhura hospital

बाढीपहिरोबाट प्रभावित घरपरिवारका लागि अहिले तत्काल त्रिपाल, टिर्फम, कम्बल लगायतका सामग्री वितरण गरेको त्रिवेणी नगरपालिका–८ वडा अध्यक्ष गगनजङ्ग बुढाले बताए ।

उनले, यती बेला त्रिवेणीका दर्जनौ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । सबै भन्दाबढी त्रिवेणी नगरपालिका वडा नं –८ को बमटोल र –६ को फल्नेतोलाका दलित बस्तीको उठिबास भएको बताए ।

ती बस्तीका स्थानीयलाई अहिले अस्थायीरुपमा सुरक्षित ठाउँमा बास गराउँदै आवश्यक राहत सामाग्री समेत वितरण गर्ने काम सुरु गरेको बुढाले बताए ।

बाढीपहिरोबाट प्रभावित बनेका बस्तीमा गास बास र कपासका साथै खानेपानी स्वास्थ्य शिक्षाको अति आवश्यक परेकोले सोही अनुसार नगरपालिकाले व्यवस्था गर्ने गरी राहातको दिने तयारी गर्दै आएको त्रिवोणी नगरपालिका नगरप्रमुख कर्णबहादुुर थापाले बताए ।

उनले, बाटो बन्द भएकोले अहिले खाद्यान ढुवानीमा समस्या छ । बाटो खुल्ने वित्तिकै खाद्यान ढुवानी गरी पहिरोको जोखिमा परेका घरपरिवालाई वितरण गर्ने बताए ।

बाढीपहिरोबाट प्रभावित भएका त्रिवेणी नगरपालिका गाउँ बस्तीलाई स्थायीरुपमा सुरक्षित ठाउँमा बसोबास गर्ने गरी यती बेला स्थानीय सरकारले जिल्ला विपत व्यवस्थापन समिति प्रदेश र सङघीय सरकार सँग पनि समन्वय गर्दै आएको त्रिवेणी नगरपालिका प्रमुख थापाले बताए । गोरखापत्रबाट

Loading...