कैलालीको गोदावरीमा बाढीमा फसेका ६ जनाको उद्धार

धनगढी- कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनीहरु नदी किनार क्षेत्रमै बस्दै आएका थिए । उद्धार कार्यमा कार्कीको नेतृत्वको ११ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

 

Loading...